images
images
images

बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध हटाउने प्रयास सरकारले जारी राखेको बताए ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुने बताएका हुन् ।

उनले भने, ‘हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेको छु । आज बिहान मात्र कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको प्रयास गरेको छु । आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति बन्ने कुरामा विश्वस्त छु ।’

प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति बनिसकेको र टिओआर बनाउने विषयमा सोमबार बिहान सम्म सहमति हुनसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्