images
images
images
images

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

images

काठमाडौं । तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतको दुर्गम क्षेत्रमा गएको भूकम्पका कारण मानवीय क्षति भएको हो।

भारतीय समयअनुसार बिहीबार राति ८ बजेर ३ मिनेटमा तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)को तथ्यांकमा उल्लेख छ। भूकम्पपछि पनि तिब्बतका विभिन्न क्षेत्रमा पटकपटक धक्का महसुस गरिएको थियो।

images

एनसीएसका अनुसार अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को राति १२ बजेर ५१ मिनेटसम्म तिब्बत, चीन र म्यानमारमा गरी १८ वटा भूकम्पीय घटना रेकर्ड भएका छन्। तीमध्ये तिब्बतमा १३, चीनमा चार र म्यानमारमा एउटा घटना रेकर्ड गरिएको छ।

तिब्बतमा पटकपटक भूकम्पका धक्का

७ म्याग्निच्युडको मुख्य भूकम्पपछि तिब्बतमा ५ म्याग्निच्युडदेखि ४.३ म्याग्निच्युडसम्मका विभिन्न धक्का महसुस गरिएको थियो। बिहीबार राति ८ बजेर ४२ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि राति ९ बजेर ९ मिनेट र ९ बजेर १५ मिनेटमा पनि ५ म्याग्निच्युडका धक्का रेकर्ड गरिएका थिए।

त्यस्तै, राति ११ बजेर ३६ मिनेटमा ४.८, ११ बजेर ५५ मिनेटमा ४.४ र शुक्रबार राति १२ बजेर १ मिनेटमा ४.३ म्याग्निच्युडका भूकम्प रेकर्ड भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्