images
images
images

युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न

images

पूर्वाधार वाच,थाइल्याण्ड ।

युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा.लि.ले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ । कम्पनीका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्धलाई थप मजबुत बनाउने, उत्कृष्ट कार्यसम्पादनको सम्मान गर्ने तथा नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिएको समिट २१ देखि २५ सेप्टेम्बर २०२६ सम्म पटायास्थित द हलिडे रिसोर्ट, पटायामा सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीसँग आबद्ध विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । Veedol Lubricant तथा Nepal Gold Lubricant ब्रान्डका डिलरहरूले कार्यक्रममा बजारको अवस्था, व्यावसायिक सम्भावना, बजारका अवसर तथा आगामी दिनमा कम्पनी र डिलरबीचको सहकार्यका विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए ।

उत्कृष्ट डिलर तथा टप परफर्मर सम्मानित

समिटको प्रमुख आकर्षणका रूपमा उत्कृष्ट डिलर तथा कार्यसम्पादनमा अब्बल व्यक्तिहरूलाई अवार्ड समारोहमार्फत सम्मान गरिएको थियो । कम्पनीको व्यवसाय विस्तार तथा बजार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने डिलर तथा टप परफर्मरहरूको योगदानको कदर गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

नयाँ उत्पादन सार्वजनिक

समिटकै अवसरमा कम्पनीले मोटरसाइकल तथा स्कुटरका लागि विभिन्न नयाँ उत्पादनसमेत सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इन्जिन आयल, स्कुटर गियर आयल, चेन ल्युब तथा डिजेल एक्जस्ट फ्लुइड (DEF) सार्वजनिक गरेको हो ।

नयाँ उत्पादनको सुरुवातसँगै ग्राहकको बदलिँदो आवश्यकता र बजारको मागअनुसार उत्पादन पोर्टफोलियो विस्तार गर्ने कम्पनीले जनाएको छ ।

मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधि

समिटमा व्यावसायिक छलफल र अन्तरक्रियाका साथै विभिन्न Entertainment तथा Interactive Activities समेत आयोजना गरिएको थियो । यस्ता गतिविधिले कम्पनी, डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउन सहयोग पुगेको कम्पनीको भनाइ छ ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा.लि.का डेपुटी जनरल म्यानेजर दिनेश खनालले युनाइटेड डिलर्स समिट २०८३ सफल, फलदायी र ऊर्जावान रहेको बताए ।

उनका अनुसार समिटले कम्पनी र डिलरबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यवसायिक विकास र नयाँ अवसर खोज्न सकारात्मक ऊर्जा प्रदान गरेको छ ।

कम्पनीले डिलर तथा व्यावसायिक साझेदारबीचको विश्वास, सहकार्य र सम्बन्धलाई निरन्तर मजबुत बनाउँदै बजारको आवश्यकता अनुसार नयाँ उत्पादन तथा सेवाको विस्तारलाई प्राथमिकता दिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्