काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०२, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ५७, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको २ र ।अन्यमा १०५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्