images
images
images

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍याे ६९७ जनालाई कारबाही

images

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६९७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ४९, सिसिटिभिमार्फत ३६, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९९, हर्न निषेधमा ०८, लेन क्रसमा २३, अवस्था ठिक नभएको १५, एकतर्फीमा १४ र अन्यमा ४४३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्