images
images
images

दिगो पर्यटन प्रवर्द्धनका लागि एनएसटीसी बागमतीको ११ बुँदे धुलिखेल घोषणापत्र जारी

images

धुलिखेल, काभ्रेपलाञ्चोक । राष्ट्रिय दिगो तथा पर्यटन (NSTC) बागमती प्रदेशले विद्यार्थी नेतृत्व विकास, दिगो पर्यटन, वातावरणसंरक्षण, स्थानीय गन्तव्य प्रवर्द्धन तथा समुदाय सहभागितालाई प्राथमिकतादिँदै ११ बुँदे ‘एनएसटीसी धुलिखेल घोषणापत्र २०२६’ जारी गरेको छ।

धुलिखेलस्थित होटल सारथीमा असोज १७ र १८ गते आयोजित दुई दिने क्षेमता अभिवृद्धि कार्यक्रममा बागमती प्रदेशका ७ वटा एनएसटीसी क्लबका मेन्टर तथा प्रिन्सिपल, क्लब संयोजक, शिक्षक तथा विद्यार्थी क्याप्टेनहरुको सहभागिता रहेको थियो।

कार्यक्रम Tourism Rersearch & Training Institute (TRTI), Nepal Tourism Board (NTB), United Nations Development Program (UNDP) को Sustainable Tourism Project (STP), Global Travel and Tourism Partnership (GTTP) सँगको सहकार्यमा आयोजना गरिएको थियो भने कार्यक्रममा Institute of Aviation Skills (IATS) , Tourism Development Institute (TDI) तथा Veda Technical Academy ले समेत सहकार्य गरेका थिए।

घोषणापत्रमा पर्यटन क्षेत्रमा विद्यार्थीको नेतृत्व, सीप, सिर्जनशीलता तथा व्यावहारिक सिकाइलाई सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ। त्यस्तै दिगोपर्यटन, वातावरण संरक्षण, सरसफाइ, प्राकृतिक स्रोतको जिम्मेवार उपयोगतथा पर्यटन गन्तव्य प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।

स्थानीय तथा ग्रामीण पर्यटन गन्तव्य, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने विषयलाई पनि घोषणापत्रले विशेष महत्व दिएको छ। स्थानीयसमुदाय, पर्यटन क्षेत्रका सरोकारवाला तथा विभिन्न संस्थासँग सहकार्य रसञ्जाल विस्तार गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

एनएसटीसी क्लबहरूलाई थप सक्रिय र प्रभावकारी बनाउन नियमित योजना, गतिविधि, अनुगमन, सदस्य सहभागिता तथा निरन्तरता सुनिश्चित गर्ने घोषणा गरिएको छ। विद्यार्थी सहभागिता, उत्प्रेरणा, अनुसन्धान, नवप्रवर्तन तथासिर्जनशीलता अभिवृद्धि गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ।

त्यसैगरी विद्यार्थीका लागि क्षमता विकास, एक्सपोजर तथा नेटवर्किङका अवसर विस्तार गर्ने र अनुसन्धान, नवप्रवर्तन, गन्तव्य प्रवर्द्धन तथा डिजिटल अभियान मार्फत नेपालको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता गरिएको छ।

एनएसटीसी क्लबहरूले सामना गरिरहेका समय व्यवस्थापन, समन्वय, संस्थागत निरन्तरता तथा सीमित वित्तीय, प्राविधिक र भौतिक स्रोतका चुनौतीलाई सम्बोधन गर्न वित्तीय, संस्थागत तथा नीतिगत सहयोगका लागिपहल गर्ने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रले एनएसटीसीको आगामी कार्यदिशाका लागि तीन रणनीतिक प्राथमिकता तय गरेको छ— ‘सुशासन तथा दिगोपन–सक्रिय क्लब’, ‘सीप, नेतृत्व तथा करियर–सिकाइ तथा नेतृत्व’ र ‘दिगोपन तथा कार्य–गन्तव्य तथा समुदाय’।

एनएसटीसी क्लबहरूले आफ्ना प्राथमिकतासँग मेल खाने गरी वार्षिक रूपमा कम्तिमा ६ वटा प्रभावकारी तथा अनुकरणीय कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता पनि जनाएका छन्। कार्यक्रममा सहभागीहरूले घोषणापत्रलाई केवल प्रतिबद्धतामा सीमित नराखी विद्यमान एनएसटीसी क्लबमार्फत व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। विद्यार्थी, शैक्षिक संस्था, स्थानीय समुदाय, पर्यटनक्षेत्र, स्थानीय सरकार तथा विकास साझेदारबीचको सहकार्यबाट दिगो पर्यटन विकासलाई थप प्रभावकारी बनाउन सकिने सहभागीहरूको धारणा थियो।

धुलिखेल घोषणापत्र २०२६ ले बागमती प्रदेशमा रहेका ५० एनएसटीसी क्लबहरूलाई साझा दिशानिर्देश प्रदान गर्दै विद्यार्थीलाई सिक्ने, नेतृत्व गर्ने, संरक्षण गर्ने, नवप्रवर्तन गर्ने र पर्यटन प्रवर्द्धन गर्ने अवसरका रूपमा एनएसटीसीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्