images
images
images

दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

images

नारायणगढ । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए । भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । यस्तै, २७ जना घाइते भएको कार्यालयका निमित्त कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाले जानकारी दिनुभयो ।

सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट रु ३१ लाख ४८ हजार ५०२ राजस्व सङ्कलन भएको थापाले जानकारी दिनुभयो ।

साउनमा एक हजार ८१० सवारीसाधनलाई कारबाही गरी रु १५ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो । भदौमा एक हजार ७४२ वटा सवारीसाधनलाई कारबाही गर्दा रु १५ लाख ९७ हजार ५०१ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

यस्तै, आव २०८२र८३ मा चितवनमा जम्मा ५४५ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १०५ जनाको मृत्यु भएको थियो भने ९०२ जना घाइते भएका थिए । गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ८० सवारीसाधनलाई कारबाही गरिएको थियो । ती कारबाहीबाट रु एक करोड ७५ लाख ७७ हजार ५०३ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी नायब निरीक्षक थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउनुका साथै चालक तथा सर्वसाधारण लक्षित सचेतनामूलक कार्यक्रमलाई कडाइका साथ सञ्चालन गरिँदै आइएको बताउनुभयो ।––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्