काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर तथा शेरबहादुर देउवा नेतृत्वको ’नेपाली जनसम्पर्क समिति क्यानडा’को सभापतिमा टोष्टराज कार्की (बसन्त) कार्की निर्वाचित भएका छन् ।
टोरन्टोमा भएको नेपाली जनसम्पर्क समिति क्यानडाको चौथो अधिवेशनबाट कार्की जनसम्पर्क समितिको सभापति निर्वाचित भएका हुन् ।
यसअघि जनसम्पर्क समिति क्यानडाको महामन्त्री रहेका कार्कीलाई १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डाक्टर शशांक कोइरालाले संयोजकको जिम्मेवारी तोकेका थिए ।
अधिवेशनअघि कार्तिक १२ गते संयोजक तोकिएका वीरेन्द्र राउतलाई हटाएर कार्की नै संयोजक तोकिएका हुन् । पार्टीको १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्