images
images
images
images

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

images

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने९ओभरटेक० होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ ।

सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ ।

images

व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी नहाँक्ने, ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने देखिन्छ।

सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन चालकहरू स्वयं जिम्मेवार बन्नुका साथै ट्राफिक नियमको प्रभावकारी पालना आवश्यक देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्