गैँडाकोट। विद्यार्थीलाई पर्यटन शिक्षा, नेतृत्व विकास र दिगो पर्यटन प्रवर्द्धनमा सक्रिय बनाउने उद्देश्यले गैँडाकोटमा आयोजित राष्ट्रिय दिगो पर्यटन क्लब (एनएसटीसी) गण्डकी प्रदेशस्तरीय दुईदिने क्षमता अभिवृद्धि तथा गन्तव्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
कात्तिक १९ र २० गते होटल इल्ला कम्फर्टमा आयोजित कार्यक्रममा १० विद्यालय तथा कलेजका प्रधानाध्यापक, शिक्षक, क्लब संयोजक र विद्यार्थी प्रतिनिधिसहित गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी तथा शिक्षा इकाइका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
टीआरटीआई, नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजना (एसटीपी) रयूएनडीपीको साझेदारीमा जीटीटीपी नेपाल तथा गैँडाकोट नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा क्लब सञ्चालन, विद्यार्थी नेतृत्व विकास, दिगो पर्यटन, गन्तव्य प्रवर्द्धन र पर्यटन क्षेत्रमा युवाका अवसरबारे तालिम तथा अन्तरक्रिया गरिएको थियो। जीटीटीपी नेपालका निर्देशक तथा टीआरटीआईका अध्यक्ष मदनकुमार बराल र पर्यटन प्रशिक्षक प्रेमकुमार दनुवारले सहजीकरण गरेका थिए।
‘माई टुरिजम जर्नी’ सत्रमा पर्यटन विज्ञ डा. रामजी शर्मा, एनटीएचएमसीका प्रिन्सिपल प्रकाश रेग्मी र होटल इल्ला कम्फर्टका महाप्रबन्धक प्रदीप न्यौपानेले पर्यटन क्षेत्रका अनुभव, अवसर र चुनौतीबारे विद्यार्थीलाई जानकारी गराएका थिए।

कार्यक्रमकै अवसरमा गैँडाकोट इङ्लिस स्कुलमा देशको १५८औँ राष्ट्रिय दिगो पर्यटन क्लब गठन गरिएको छ। साथै, सहभागीले मौलाकालिका मन्दिर र होटल इल्ला कम्फर्टको स्थलगत अवलोकन गरेका थिए।
कार्यक्रमको अन्तिम सत्रमा एनएसटीसी गण्डकी रोडम्याप २०२७ तयार गर्नुका साथै गण्डकी घोषणापत्र जारी गरिएको छ। घोषणापत्रमा क्लबहरूको नियमित सञ्चालन, संस्थागत सहकार्य, विद्यार्थी नेतृत्व विकास र समुदायमा आधारित दिगो पर्यटनलाई प्राथमिकता दिइएको छ।
कार्यक्रम निर्देशक सरोज प्याकुरेलका अनुसार गण्डकी प्रदेशका अन्य क्लबलाई समेटेर आगामी दिनमा पोखरा वा अर्जुनचौपारी गाउँपालिकामा समेत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। एनएसटीसी अभियानले युवालाई पर्यटन, वातावरण तथा सम्पदा संरक्षण र स्थानीय गन्तव्य प्रवर्द्धनमा सक्रिय सहभागी गराउँदै जिम्मेवार पर्यटनका अभियन्ताका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्