पूर्वाधार वाच, काठमाडौं ।
नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ । सरकारले सार्बजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो ।
आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘प्रति व्यक्ति आय बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १।४५६ अमेरिकी डलर पुग्ने अनुमान छ ।
गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १.३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,४३४ अमेरिकी डलर पुग्ने अनुमान छ ।
साथै, गत आर्थिक वर्षमा व्यक्ति कुल खर्चयोग्य आय १,७५५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,८४३ अमेरिकी डलर पुग्ने अनुमान छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्