images
images
images

दलित विकास प्राधिकरण स्थापना गरिने, रोजगारी र जीविकोपार्जनका लागि २० करोड बजेट

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले दलित विकास प्राधिरकण स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

उनले भने, ‘दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न दलितको शशक्तिकरण कार्य गर्ने संरचना एकिकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गरिनेछ ।’

दलित समुदायको रैथाने, सीप, ज्ञान र पेशाको आधुनिकिकरण गरी रोजगारी सृजना र जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्न २० करोड रुपैयाँ बिनियोजन गरिने पनि अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्