images
images
images

अरुण–३ जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’

images

पूर्वाधार वाच, संखुवासभा।

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सुरुङ ब्रेक थ्रु गरेका हुन् ।

सुरुङ ब्रेक थ्रु कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए।

उनले भने, ‘यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु । २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई हाल निर्माणाधीन अवस्थामा छ। हाल परियोजनाको उत्पादनतर्फ ७४.०९ प्रतिशत र प्रसारण लाइनतर्फ ३७.९५ प्रतिशत भौतिक प्रगति भएकामा खुसी लागेको छ ।’

आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान हुने विश्वास उनले व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्