images
images
images

बाल मन्दिर जग्गा प्रकरणमा पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं।

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ले पक्राउ गरेको छ । पूर्वउपाध्यक्ष श्रेष्ठलाई सिआईबीको टोलिले शुक्रबार पक्राउ गरेको छ ।

२०४९ सालदेखि २०७२ सालसम्म लगातार न्यून रकममा बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले सम्झौता गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

सम्झौता नवीकरणका क्रममा समेत अनियमितता भएको दाबी उजुरीमा छ । नक्सालमा रहेको करिव २९ रोपनी जग्गा पछिल्लो सम्झौताअनुसार वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको थियो।

बाल मन्दिरको जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसमध्ये श्रेष्ठ पक्राउ परेका हुन् ।

पक्राउ पुर्जी जारी हुनेमा तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठ पनि छन् । यस्तै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्