पूर्वाधार वाच, काठमाडौं ।
साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत बोनस शेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।
कम्पनीले चैत ८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस शेयर खातामा पठाइदिएको हो । चैत ८ गतेपछि डिम्याट गर्नेहरुको बोनस पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस सेयर जम्मा हुनेछ । साल्ट ट्रेडिङले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्