images
images
images

प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटल र रेस्टुरेन्टबिच छुट सम्झौता

images

पूर्वाधार वाच, काठमाडौं।

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा रहेका विभिन्न होटल तथा रेस्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहबिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख साङ्ग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंक लि।का कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि. का कर्मचारीहरूका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छुटहरू प्राप्त गर्न सकिने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्