images
images
images

हेटौँडा अस्पतालद्वारा प्रकोप व्यवस्थापन अभ्यास

images

पूर्वाधार वाच, हेटौँडा ।

हेटौँडा अस्पतालले सोमबार प्रकोप व्यवस्थापनको अभ्यास गरेको छ । त्रिखण्डीमा सिमुलेसन गरिएको सवारी दुर्घटनाका नाटकीय घाईतेहरूलाई उपचारको लागि अस्पतालमा ल्याई अभ्यास गरिएको हो ।

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गण नम्बर १४, प्रहरी अस्पताल र ओल्ड हेल्थ अर्जनाइजेसनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । यस्तो अभ्यास हेटौँडा अस्पतालमा पहिलोपटक गरिएको बताइएको छ । अस्पतालका मेसु डा। श्रीधर अर्यालले प्रकोपको अवस्थामा पूर्व तयारीको लागि यो अभ्यास गरिएको जानकारी दिए ।

त्रिखण्डीमा गरिएको सिमुलेसन अभ्यासपछि नाटकीय घाईतेहरूलाई अस्पतालमा ल्याई उपचार अभ्यास गरिएको थियो । अस्पतालले आगामी दिनमा यस्ता अभ्यास निरन्तर गर्ने योजना बनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्