images
images
images

यूएईमा नेपाली राजदूतावासलाई साढे ८५ लाख जरिवाना, २०१८ देखि भएनन् सवारी नवीकरण

images

पूर्वाधार वाच, काठमाडौं ।

यूएईस्थित नेपाली राजदूतावासले सन् २०१८ देखि हालसम्म झण्डै साढे ८५ लाख रुपैयाँ त्यहाँको सरकारलाई जरिवाना तिरेको छ ।

अबुधाबीस्थित नेपाली राजदूतावासको कूटनीतिक नम्बर प्लेटका ५ वटा सवारी नवीकरण नगरी चलाउँदा जरिवानाबापत् २ लाख ३४ हजार ८२० दिरहाम जरिवानमा परेको महालेखा परीक्षकको कार्यालयलये जानकारी दिएको छ ।

नेपाली राजदूतावास, अबुधाबीको नाममा दर्ता रहेका कूटनीतिक नम्बर प्लेटका ५ सवारी साधनमध्ये २ को १ मार्च २०१८, २ को १७ जनवरी २०१९ तथा १ को २७ जुलाई २०२० देखि नवीकरण भएको देखिँदैन । महालेखाको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

दूतावासका ५ सवारीसाधन दर्ता नवीकरण बेगर सञ्चालन गर्दा प्रत्येक पटक जरिवाना भुक्तानी गर्नुपर्ने अवस्था छ । सवारीसाधन नवीकरण नगरी सञ्चालन गर्दा २प्रत्येक पटक ५०० दिरहामका दरले जरिवानामा वृद्धि भइरहेको छ ।

यसरी देशको महत्वपूर्ण कूटनीतिक निकायले यस्तो अमार्यादित हर्कत गर्दा नेपाल सरकारको दायित्वमा वृद्धि मात्रै भएको छैन, राष्ट्रकै शिर झुकेको छ । हाल युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्