images
images
images

पहिरोले अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा

images

पूर्वाधार वाच, काठमाडौं ।

पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो।

पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ प्रस्थान भइरहेका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्