पूर्वाधार वाच, भक्तपुर ।
चाँगुनारायण नगरपालिकाले विनास्विकृत जग्गा प्लटिङ गर्ने जग्गा व्यवसायीहरुलाई कारबाही गर्न थालेको छ ।
नगर क्षेत्रभित्र भइरहेको जग्गा प्लटिङमा अनुगमन गरी प्लटिङका लागि प्रयोग भएका डोजर नियन्त्रण लिने र कारबाही स्वरुप प्रतिआना १५ हजार रुपैयाँका दरले जरिवाना गराइएको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए।
नगरपालिकाले विनास्विकृत जग्गा प्लटिङ गरेका व्यवसायीहरुबाट २० करोड रुपैयाँ राजस्व उठाएर तथा डोजर नियन्त्रण लिएबापत अहिलेसम्म ७० लाख रुपैयाँ जरिवाना गराएको छ ।
यसरी जरिवाना गराएपछि मात्रै जग्गा प्लटिङका लागि उपत्यका विकास प्राधिरणमा सिफारिस गर्ने गरिएको छ । उपत्यका विकास प्राधिकरणका अनुसार चाँगुनरायण नगरपालिकामा मात्रै ८० स्थानमा विनास्विकृत जग्गा प्लटिङ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्