images
images
images

बाँकेको स्थानीय तहहरुमा विद्युत् आपूर्ति बन्द

images

पूर्वाधार वाच, बाँके ।

बाँकेमा गए राति आएको हुरीबतासले विद्युत्को पोलमा क्षति पु-याउँदा केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।

उनले राप्तीसोनारीको जङ्गलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए ।

प्रमुख लामिछानेका अनुसार कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् ।

कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्