पूर्वाधार वाच, काठमाडौं ।
पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चपुर सबस्टेसनबाट बाराको पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रुख ढलेर क्षति पुगेको छ ।
बिहीबार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त खण्डमा रुख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो ।
राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए ।
उनले वैकल्पिक व्यवस्था गरी क्रमकि रुपमा विद्युत् आपूर्ति सुचारु गर्ने कार्य भइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्