पूर्वाधार वाच, काठमाडौं।
हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको छ बाँकी भूभागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा रहेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बाग्मती, र गण्डकी प्रदेशका केही, मधेश, र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्