images
images
images

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

images

पूर्वाधार वाच, काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्