पूर्वाधार वाच, काठमाडौं ।
महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरमा प्रमुखका रूपमा बालेन्द्र साह बालेन निर्वाचित भएर आएसँगै थुप्रै सकारात्मक कार्य भएको उल्लेख गरेको छ । महालेखाको वार्षिक प्रतिवेदनमा काठमाडौंमा बालेनको नेतृत्वमा थुप्रै सकारात्मक कार्य भएको बताएको हो ।
महानगरले यस वर्ष बायोमेट्रिकसहितको अनलाइन नक्सा प्रणालीको विकास ,फोहोरमैला व्यवस्थापन र पानी पूर्नःभरण सहितको भवन संहिता कार्यान्वयन गरेको छ ।
शहरी सौन्दर्यीकरण, खुला क्षेत्रमा पार्क निर्माण तथा सार्वजनिक, सरकारी जग्गाको संरक्षण, नवप्रवर्तनलाई प्रोत्साहन, वडा कार्यालयहरूको खरिद प्रणालीमा सुधार भएको देखिएको छ ।
भने, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर, संस्थागत विद्यालयबाट उपलब्ध हुने कक्षा ११ र १२ छात्रवृत्तिको निष्पक्ष र पारदर्शी रूपमा वितरण, निजी क्षेत्रको सहकार्यमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।
निःशुल्क उपचार सेवा, समावेशी विकासको अवधारणा अनुरूप महानगर गौरवका आयोजना सञ्चालन, गुणस्तरीय शहरी पूर्वाधार निर्माण, पार्किङ तथा फुटपाथ व्यवस्थापन, निःशुल्क कानूनी सेवा लगायतका विषयमा सकारात्मक सुधारहरू देखिएका महालेखा परीक्षकको कार्यालयले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्