पूर्वाधार वाच, काठमाडौं।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताका आशा र अपेक्षा पूरा गर्न संविधान नै संशोधन नगरी कानुन संशोधन गरे हुने बताएका छन् ।
आइतबार काठमाडौँमा पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कानुन निर्माण गरे हुने बताएका हुन् ।
‘जनतालाई खुसी पार्ने र सन्तुष्टि गर्न सकेका छैनौ त्यो हामी आफूभित्र खोज्नुपर्ने भएको छ । संविधाननै संशोधन गर्नुपर्छ जस्तो लाग्दैन मलाई । कानुन संशोधन गरे हुन्छ’, अध्यक्ष नेपालले भने, ‘कानुन निर्माण गरे हुन्छ, नयाँ संरचना गरे हुन्छ । अरू देशको अनुभवबाट पनि सिक्न सकिन्छ ।’
आफ्नो पार्टी लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसात् गर्दै अघि बढ्ने भन्दै उनले नेपालको राजनीतिमा दुईवटा समस्या देखेको बताए । उनले पहिलो समस्या भ्रष्टाचार भएको भन्दै यसको अन्त्य गर्नुपर्ने बताए । साथै उनले दोस्रो समस्या बृहत् चिन्तनको कमी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्