पूर्वाधार वाच, काठमाडौं ।
त्रिभुवन राजमार्ग (नागढुंगा–नौबिसे सडक खण्ड) बुधबार र बिहीबार रातीको समयमा पूर्ण रूपमा बन्द हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइने बताएको छ ।
नौबिसे खोलाको पुलमा काम गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
साथै यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई भने रोक लगाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्