images
images
images

कस्तो रहला आजको मौसम ?

images

पूर्वाधार वाच, काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ ।

हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी  देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज त्यस्तै राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी र  लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्