पूर्वाधार वाच, रौतहट ।
सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत एकजनाको खेत जोतिरहेको ट्रेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । बरहथवा १२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना. ६ त. १२६५ नम्वरको ट्रेक्टर पल्टिएर स्थानिय पुरैनिया गाउँका ३० बर्षिय चालक सुरेश रायको घटना स्थलमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले घटनाको पुष्टि गर्दै मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको बताएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्