पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा सरकारको लोभलाग्दो उपलब्धि गरेको बताएका छन् ।
शुक्रबार विश्वासको मत लिने प्रस्ताव संसदमा टेबुल गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट देशले मुक्ति पाएको बताए ।
‘त्यतिखेर यो कसैले नसोचेको विषय थियो । तेस्रो कार्यकालमा अरू मानकहरू पनि बनेका छन् । अब विद्युतमा पहुँच नभएका नागरिक नेपालमा बाँकी रहने छैनन् । ९८ प्रतिशतमा विद्युत् पुगिसकेको छ अब केही समयपछि शतप्रतिशत नागरिकलाई विद्युत् आपूर्तिभित्र समेटिने छ,’ उनले भने ।
विद्युत् ऊर्जाको जडित क्षमता करिब ३२ सय मेगावाट पुगेको भन्दै प्रधानमन्त्री प्रचण्डले केही महिनामै ५ सय मेगावाट थप हुने चरणमा रहेको बताए ।
जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखिएको भन्दै उनले हालसम्म करिब १० हजार मेगावाटका आयोजनाहरूसँग विद्युत् खरिद सम्झौता भइसकेको छ भने हरेक वर्ष करिब १ हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन क्षमता वृद्धि हुने ठाउँमा पुगिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्