images
images
images

अर्को सरकार गठन नभएसम्मका प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जिम्मेवारी

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका थिए।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ’, विज्ञप्तीमा भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्