images
images
images

विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टीलको लाइन

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले बिहीबार राति थप एक कम्पनीको विद्युत लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा स्टीलको लाइन काटिदिएको हो ।

प्राधिकरणले योसँगै ६ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले गत मंगलबार रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । बुधबार जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको थियो ।

प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ, जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ ।

यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्