images
images
images

आज यी नदी तथा खोलामा बाढीको जोखिम उच्च

images

पूर्वाधार वाच, काठमाडौं ।

आज देशका केही नदी तथा खोलामा बाढीको सम्भावना छ । विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, काठमाडौँ, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ ।

मकवानपुर, बारा, पर्सा, चितवन, पाल्पा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र आसपासका जिल्ला भएर बग्ने अधिकांश स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यता धौलिगंगा जलविद्युतको बाँध सिल्टसरसफाइ कार्यको लागि खोलिने र महाकाली नदीको जलसतह बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

नारायणी नदीको जलसतह घट्ने भए पनि सतर्कता तह आसपास हुने विभागको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्