images
images
images

गायक योगेश्वर अमात्यको जग्गा किर्ते गर्नेलाई सजाय निर्धारण

images

पूर्वाधार वाच, काठमाडौं।

विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरी नक्कली ऋण लिनेहरूलाई एकदेखि चार वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले घटनामा संलग्न दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरेको हो ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवाना पनि गरेको छ ।

विशेष अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्ष कैद सजायको फैसला गरेको छ भने मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला गरेको छ । सो अदालतले असार ३० गते उनीहरूको सजाय निर्धारण गरेको हो ।

त्यस्तै रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशल प्रधानलाई एक–एक वर्षका दरले कैद सजाय तोकिएको अदालतले जनाएको छ ।

यसअघि फर्जी कागजातका आधारमा ऋण लिएर बैङ्किङ कारोबार गरेको भन्दै प्रहरीले मुक्तिनाथ गौतम, यसकुमार महर्जन, सोनु ठाकुर, राजेश कुमार चौरसिया र कुशल प्रधानलाई मुद्दा चलाउने राय दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्