images
images
images

नेपाल एयरलाइन्सद्वारा सञ्चय कोष र नागरिक लगानी कोषलाई ४३ करोड भुक्तानी

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदको किस्तावापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुईसय ४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले उक्त अवधिको व्याजको व्याज, हर्जाना र जरिमाना छुट गरिदिन दुई कोषलाई अनुरोध गरेको छ ।

साथै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाइएको निगमले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्