images
images
images

होटल समूहको सूचकमा ‘अलटाइम हाइ’

images

पूर्वाधार वाच, काठमाडौं ।

सेयर बजार बढ्न थालेसँगै यसअन्तर्गतको एउटा क्षेत्र होटल तथा पर्यटन सूचकले भने ‘अलटाइम हाइ’ विन्दु बनाएको छ । आइतबार समग्र बजारको परिसूचक नेप्से २.५४ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूहको सूचक ४.२१ प्रतिशत बढ्यो ।

योसँगै होटल तथा पर्यटन समूहको सूचक ६४०४ अंकमा पुगेको छ । यसअघि बजार बन्द हुँदा होटल समूह गत पुस ३ गते हालसम्मकै उच्च ६०८८ विन्दुमा पुगेको थियो भने इन्ट्राडेमा ६१६८ सम्म पुगेको थियो ।

यस समूहमा जम्मा ६ वटा कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये आइतबार सोल्टी होटलको मूल्य सबैभन्दा ७।२ प्रतिशत बढ्यो ।

तारागाउँ रिजेन्सीको २.७, ओरियन्टल होटलको २.२, चन्द्रागिरि हिल्सको ३.१, सिटीको २।२ प्रतिशत मूल्य बढ्यो भने कालिन्चोक दर्शनको १ प्रतिशत घट्यो ।

समग्र नेप्से परिसूचक नेप्से २१०६ अंकमा हुँदा गत पुसमा नै होटल तथा पर्यटन समूहले उच्च रेकर्ड बनाएको थियो । त्यसयता नेप्से नै १९६० अंकभन्दा तल झर्न सकेन । नेप्से बढ्दै जाँदा होटल तथा पर्यटन समूहले अघिल्लो उच्चतम रेकर्ड पनि तोड्यो ।

देशमा विदेशी पर्यटकको संख्या बढेकाले यस क्षेत्रका कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण उत्साहजनक थियो । चौथो त्रैमासिक वित्तीय विवरण पनि राम्रो आउने अपेक्षा लगानीकर्ताको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्