images
images
images

सेन्ट्रल जेल अस्पतालमा ब्रेन म्यापीङ सेवाको सुभारम्भ

images

पूर्वाधार वाच, काठमाडौं ।

केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापीङ सेवाको सुभारम्भ भएको छ। गृह मन्त्रालय अन्तरगतको केन्द्रीय कारागार अस्पतालका सेवाग्राही कैदीबन्दी तथा थुनुवाहरु र हिरासतमा रहेका थुनुवाहरुको न्याय सम्पादन र स्वास्थ्य उपचारमा सहयोग गर्नका लागि इइजी सेवाको शुभारम्भ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गरे।

सेवाको उदघाटन गर्दे उनले आपराधिक प्रवृत्ति, अपराध र अपराधीकणका सम्बन्ध केलाएर ती आपराधिक घटना हुनबाट जोगाउन मानसिक स्वास्थ्य एक अर्कासँग गहिरो रुपमा सम्बन्धित हुने भएकाले यो सेवा प्रभावकारी बन्ने बताए।

कारागारमा रहेका व्यक्ति जसलाई विभिन्न प्रकारका मानसिक रोग लागेको हुन्छ तिनलाई निदान गर्न यो प्रयोग गरिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्