पूर्वाधार वाच, काठमाडौं ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०को खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ५.९८ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ५ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिसम्म यसले १ अर्ब ४१ करोड ५२ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र फि तथा कमिसनाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर २ अर्ब ५४ करोड ९७ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै खुद फि तथा कमिसनबाट हुने आम्दानी ५४.२६ प्रतिशतले घटेर १ करोड ४ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्षको असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्