images
images
images

घट्टेखोला किनारको सडक बाढीले बगाउन थाल्यो

images

पूर्वाधार वाच, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णबाट वडा नं २ को पाखाथोक जाने घट्टेखोला किनारको सडक बाढीले बगाउन थालेको छ । तीन वर्षअघि उपभोक्ता समितिले खोलाको किनारमा पर्खाल लगाएर निर्माण गरेको सडक बिहीबार राति वर्षासँगै आएको बाढीले भत्काएको हो ।

सडक खोलाले भत्काउन थालेपछि यहाँबाट यात्रा जोखिमपूर्ण बन्दै गएको स्थानीय विजय कर्माचार्यले बताए । धेरै विद्यालयका सवारीसाधन आवागमन हुने यो खण्ड बन्द भए विद्यार्थीलाई अप्ठ्यारो हुने उनको भनाइ छ ।

गोकर्णेश्वर–३ का प्राविधिकसमेत रहनुभएका कर्माचार्यले पर्खाल बनाउन प्रयोग गरिएका ढुङ्गा बगाउन नपाओस् भनेर रोकथामका लागि पहल थालिएको बताए ।

सडक जोखिममा परेपछि आज बिहान नगर प्रमुख दीपककुमार रिसाल र वडा नं ४ का वडाध्यक्ष जयराम महतले स्थलगत निरीक्षण गर्नुभएको छ । धेरै स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले तत्काल लगत अनुमान तयार पारेर निर्माण गरिने वडाध्यक्ष महतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्