पूर्वाधार वाच, काठमाडौं ।
खानेपानी मन्त्री प्रदीप यादव र नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भएको उक्त भेटमा महासंघले निर्माण उद्योगमा रहेका विविध समस्याहरूबारे मन्त्रीलाई जानकारी गराएको छ ।
भेटका क्रममा मन्त्री यादवले निर्माण व्यवसायीहरूको समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्