पूर्वाधार वाच,काठमाडौं।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुह्येश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले कटान गरेको ठाउँहरूमा अस्थायी तटबन्ध निर्माण गर्नुको साथै पहिरोले अवरुद्ध भएको सडक खुलाएको छ ।
मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलाले कटान गरेको डिप बोरिङमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यस्तै मध्यपुरथिमी नगरपालिका–९ र काठमाडौंको कागेश्वरी नगरपालिका–७ को बीच भागमा रहेको मनोहरा पुल नजिकैको खाजा घरमा अविरल वर्षासँगै आएको बाढिले कटान गरेपछि जेसीबीको सहयोगमा सो ठाउँमा अस्थायी तटबन्ध निर्माण गरेको हो ।
त्यसैगरी मध्यपुरथिमी नगरपालिका–९ स्थित गणेश मन्दिर जाने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अवरुद्ध भएको सडक खुलाइएको हो ।
यसैगरी दिपज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र चाँगुनारायण नगरपालिका वडा नं। ३ झौखेलको संयुक्त आयोजनामा साउन १० गते वृक्षारोपण गरिएको छ ।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित वडा कार्यालयको परिसरमा गरिएको वृक्षारोपण कार्यक्रममा नं। २२ गुह्येश्वरी गण दुवाकोटका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीलाई विपद् उद्धार तथा व्यवस्थापनमा पुर्याएको योगदानको कदर गरी वडा कार्यालयले सम्मान पत्र प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्