images
images
images

मलाई एमाले भित्र रहेका देशभक्तहरूको बारेमा चिन्ता छ : प्रचण्ड

images

पूर्वाधार वाच, काठमाडौं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई एमाले भित्र रहेका देशभक्तहरूको बारेमा चिन्ता रहेको बताएका छन् ।

शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरूको पंक्ति अझै रहेको बताउँदै उनीहरूलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरूको पंक्ति अझै छ । कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन् । मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चार कम्युनिष्ट क्रान्तिकारी भन्नेहरू कसरी जोडिने भन्नेबारेमा चिन्तन मनन गरिराख्नुपर्नेछ ।’

सो कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले पनि सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्