images
images
images

मौद्रिक नीति निर्माण क्षेत्रका लागि कोशेढुंगा साबित हुन्छ : नेपाल निर्माण उद्योग परिषद्

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमाले निकट निर्माण उद्योगीहरूको संस्था नेपाल निर्माण उद्योग परिषद्ले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति निर्माण क्षेत्रका लागि कोशेढुंगा साबित हुने बताएको छ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा शनिबार एक पत्रकार सम्मेलन गर्दै परिषद्ले यस्तो बताएकाे हाे ।

मौद्रिक नीतिमार्फत जारी भएका व्यवस्थाहरूले निर्माण उद्योगको क्षेत्रमा मात्र नभई समग्र वित्तीय क्षेत्र समे संकट मुक्त हुने परिषद्को विश्वास छ । आगामी दिनमा व्यवसाय गर्ने वातावरण सहज हुँदै जाने उल्लेख गर्दै आफूहरूले मौद्रिक नीतिको स्वागत गरेको बताएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारको निर्देशनमा राष्ट्र बैंकले जारी गरेको नीतिले आफूहरूका माग सम्बोधन गरेको भन्दै सरकारप्रति उनीहरूले धन्यवाद व्यक्त गरेका छन् ।

यद्यपि निर्माण व्यवसायीहरूको रोकिएको भुक्तानीबारे परिषद् दोधारमा देखिएको छ । आफू समर्थित पार्टीको सरकारको पक्षमा बोल्नुपर्ने बाध्यताकाबीच मौद्रिक नीतिले निर्माण व्यवसायीहरूको बक्यौता रकम चाँडो भुक्तानी हुने आधार खडा भएको परिषद्का पदाधिकारीहरूको तर्क थियो ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्