images
images
images

न्यादी हाइड्रोपावरले घटायो नोक्सानी

images

पूर्वाधार वाच, काठमाडौं ।

न्यादी हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यसको नोक्सानी घटेको छ ।

कम्पनीले १६ करोड ६६ लाख ७३ हजार रुपैयाँको नोक्सानी व्योहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।

यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेको छ । विद्युत बिक्रीबाट आम्दानी बढेकै कारण यसले आफ्नो नोक्सानीमा केही कमी ल्याउन सकेको देखिन्छ ।

यसले विद्युत् बिक्रीबाट ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोताट हुने आम्दानी ७८ हजार रुपैयाँ छ ।

गत असार मसान्तसम्म यसको चुक्ता पुँजी १ अर्ब ५० करोड छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ ०२ पैसा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्