images
images
images

विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले निकट भविष्यमै प्राधिकरणले आइपीओ जारी गर्ने बताएका छन् ।

आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मलेनमा घिसिङले प्राधिकरणले कुल पुँजीको १० प्रतिशत आइपीओ जारी गर्नको लागि तयारी भईरहेको बताए ।

यस्तै, उनले आइपीओबाट संकलन भएको रकम ठूला जलविद्युतमा लगानी गरिने पनि बताए । कुलमानले पछिल्लो समय विद्युतीकरणमा उल्लेख्य प्रगति गरेको बताए ।

उनका अनुसार ३ वर्षअघि ८९ प्रतिशत रहेकामा विद्युतीकरण ९९ प्रतिशत पुगेको छ । अर्थात् वर्षअघि हरेक १०० घरधुरीमध्ये ८९ मा बिजुली पुगेकामा अहिले १०० मध्ये ९९ घरमा बिजुली पुगेको हो ।

उनले २०८०/८१ सम्म आइपुग्दा विद्युत चुहावट १२.७३ प्रतिशतमा झार्न सफल भएको पनि बताए । प्राधिकरणले चालेका कदमबाट चुहावट नियन्त्रणमा सफलता हात पारेको उनको भनाई छ ।

‘८ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत वर्ष प्रणालीको चुहावट करिब १२.७३ प्रतिशतमा झारिएको छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्