पूर्वाधार वाच, रसुवा ।
पवित्र तीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्ने भएको छ । निकुञ्जले एक विज्ञप्ति जारी गर्दै आजदेखि भदौ ४ गतेसम्मका लागि सडक २४सै घण्टा खुला गर्ने निर्णय गरेको हो ।
गोसाईंकुण्ड मेला अवधिभर यात्रुको सहजताका लागि सवारीसाधन खुला गरिएको र रातको समयमा मालवाहक सवारीसाधनलाई रोक लगाइएको निकुञ्ज कार्यालयले स्पष्ट पारेको छ ।
रसुवागढी जाने प्रमुख सडक भएका कारण चिनियाँ सामग्री बोकी आएका मालवाहक कन्टेनर डिब्बा भने राति ११ बजेसम्म मात्र गुड्न पाउने निकुञ्जले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्