images
images
images

एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको सो सहकारीले बचतकर्ताको १५ करोड ९१ लाख अपचलन गरेको आरोपमा उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डंगोलसहित सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्यहरु रामलाल महर्जन, अमरभाई महर्जन रहेका छन् ।

पक्राउ परेका सबै पाँच जनालाई काठमाडौँ जिल्ला अदालतबाट ८ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्