पूर्वाधार वाच, काठमाडौं ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको पूर्वसन्ध्यामा लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेदवार इन्जिनियर सुवासचन्द्र बरालले चुनावी दौडाहा तीव्र पारेका छन् । लोकतान्त्रिक समूहबाट साझा उम्मेदवार बनेका बराल टिमसहित अहिले देश दौडाहामा छन् ।
दौडाहामा सकारात्मक प्रतिक्रिया
चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर तथा विराटनगर हुँदै झापासम्म इन्जिनियरमाझ अन्तर्क्रिया गरेका बराल अहिले सुदूर पश्चिम तथा कर्णाली दौडाहामा छन् ।
ईञ्जिनियरहरुसँगको अन्तर्क्रिया गर्दै अघि बढिरहेका बराल प्राप्त प्रतिक्रियाबाट आशावादी देखिएका छन् । धनगढीमा बिहान भएको कार्यक्रममा ईञ्जिनियरहरुको बाक्लो सहभागिता थियो ।
स्थानीय तहको प्रमुख प्रशासकीयमा इन्जिनियर
आफैं कुशल इन्जिनियर बराल आफू मात्र नभएर अब समग्र ईञ्जिनियरहरुको समग्र वृत्ति विकासको मुद्दा लिएर मैदानमा उत्रेका छन् । ‘इन्जिनियरिङ समुदायको समुन्नति ः दशकको दृष्टिकोण’ नाराका साथ लोकतान्त्रिक समूहको नेतृत्व गरेर देश दौडाहामा उत्रिएका इन्जिनियर सुवासचन्द्रले देशमा बढिरहेको इन्जिनियरिङ जनशक्तिलाई राज्यले थप बढी जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने मुद्दा समेत उठाएका छन् ।
देशैभर छरिएर रहेका स्थानीय तहले विकास निर्माणमा महत्त्वपूर्ण काम गर्ने भएकाले ईञ्जिनियरलाई समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्ने गरी व्यवस्था गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् । यसका लागि नीतिगत व्यवस्था गर्न लागि पर्ने उनको प्रतिबद्धता छ ।
साथै प्रदेश समितिलाई बढी अधिकार दिने र स्थानीय तहसम्मै इन्जिनियर प्रशिक्षण अघि बढाउनेसमेत बरालको योजना छ । यसले प्रदेश र स्थानीय तहसम्मै नेतृत्व विकास र अवसर दिलाउन सकिने उनको विश्वास छ ।
राज्यका विकास योजनामा इन्जिनियरिङ सकेकालाई अवसर
अहिले देशैभर इन्जिनियर उत्पादन भइरहेको छ । तर, कतिपयले रोजगारीका अवसरबाट वञ्चित हुनुपरेको छ । अध्यक्ष उम्मेदवार बराल नयाँ ईञ्जिनियरहरुलाई सरकारका विकास योजनाहरूमा संलग्न गराएर रोजगारी र क्षमता अभिवृद्धिमा सघाउने योजनाका साथ मैदानमा छन् ।
‘भर्खरै इन्जिनियरिङ पढाइ सकेर बसेकाहरूलाई सरकारका विकास योजनामा संलग्न गराउन सकिन्छ’, उनी भन्छन्, ‘यसले एकातिर ईञ्जिनियरहरुको क्षमता र रोजगारीको अवसर बढ् भने राज्यलाई पनि सहज र सुलभ जनशक्तिको प्राप्ति हुन्छ ।’ यो विषयलाई आफू निर्वाचित भएपछि दृढताका साथ लैजाने बराल बताउँछन् ।
बरालले स्थानीय तथा प्रदेश तहका विकास योजनाको वृद्धि तर इञ्जिनियरहरुको कामको चापलाई समेत सम्बोधन हुने गरी दुवै तहमा इन्जिनियर जनशक्ति वृद्धिका लागि राज्यका तहहरूसँग पहल गर्ने योजना समेत लिएका छन् ।
‘अहिले प्रदेश र स्थानीय तहमा विकासका कामको चाप छ’, उनी भन्छन्, ‘तर एकातिर ईञ्जिनियरको अभाव छ भने अर्कोतिर दक्षले रोजगारी नपाइरहेको अवस्था छ । यो अब हट्नुपर्छ ।’ उनले यसो भएमा विकासका कामसमेत प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
सिभिल ईञ्जिनियरिङका क्षेत्रमा दुई दशक लामो अनुभव संगालेका बरालसँग थालेका काममा ९९ प्रतिशत सफलता मिलेको अनुभव छ । र, यसपालि नेपाल इन्जिनियरिङ एसोसिएसनको कार्य समितिका लागि ३४ औं केन्द्रीय कार्यकारिणी समितिको नेतृत्वका लागि प्रष्ट र प्रभावकारी योजना, सक्षम टिम ऊर्जासहित चुनावी मैदानमा उत्रिएका बराल यो अभियानमासमेत सफल हुनेमा विश्वस्त देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्