images
images
images

सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको म्याद १५ दिन थपियो

images

पूर्वाधार वाच, काठमाडौं । 

सहकारी संस्थाको बचत रकम ठगी बारे छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष छानबिन समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समयावधि थपका लागि प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णायार्थ सभासमक्ष पेश गरेपछि प्रतिनिधि सभाबाट समयावधि थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

प्रस्ताव पेश गर्ने क्रममा विशेष समितिका सभापति थापाले हालसम्म समितिले विभिन्न सहकारी संस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरूसँग सोधपुछ कार्य गरिसकिएको जानकारी दिएका थिए ।

उनले सार्वजनिक बिदाको दिनबाहेक समितिले बिहान, दिउँसो र मध्यरातसम्म काम गरिरहेको जानकारी गराए । समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गते सम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्