images
images
images

इञ्जिनियरहरुका लागि स्टाफ कलेज बनाउन पहल गर्छुः सुवासचन्द्र बराल

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल इञ्जिनियर्स एसोसियसनको ३४ ओैं केन्द्रीय तथा लुम्बिनी प्रदेश तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि अध्यक्ष उम्मेदवार सुवासचन्द्र बराल समूहले नेपालगञ्ज र दाङको घोरहीमा इञ्जिनियरहरुसँग अन्र्तक्रिया गरेको छ ।

दुवै ठाउँमा भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष उम्मेदवार बरालले देशको विकासमा इञ्जिनियरहरुको योगदान बढी भए पनि नीति निर्माणमा भूमिका कम भएकाले हस्तक्षेपकारी प्रतिनिधित्व आवश्यक रहेको बताए ।

उनले आफू निर्वाचित भएमा नीति निर्माण तहमा इञ्जिनियरहरुको भूमिका बलियो बनाउन पहल गर्ने घोषणा गरे ।

उनले स्वरोजगार हुन चाहनेका लागि समेत क्षमता अभिवृद्धिका कार्यक्रम एसोसिएसनले सञ्चालन गर्ने घोषणा गरे ।

इञ्जिनियरहरुको क्षमता र दक्षता अभिवृद्धिबारे कम सोचिएको भन्दै उनले इञ्जिनियरिङ स्टाफ कलेजको आवश्यकता रहेको र यसका लागि आवाज उठाउने समेत प्रतिबद्धता जनाए ।

पढेर पनि रोजगारी नपाएका कारण इञ्जिनियरहरू विदेश पलायन बढिरहेको भन्दै उनले यसलाई रोक्नका लागि इञ्जिनियरिङ अध्ययन सक्नासाथ राज्यको विकास निर्माणमा संल्गन बनाउन समेत पहल गर्ने बताए ।

घोरहीमा भएको कार्यक्रममा वरिष्ठ इञ्जिनियर पारस खड्का, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण केसी, लुम्बिनी प्रदेश अध्यक्ष यादवलगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्